कोशी

सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण गर्छौ : मुख्यमन्त्री कार्की

इकागज |
माघ २१, २०७९ शनिवार १९:२० बजे

फाइल फोटो

झापा - प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताएका छन् । झापाको विर्तामोडमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिबाट नामकरण गर्ने आफ्नो योजना बताए । 

'अनुकूल समयमा सकभर छिट्टै प्रदेशको नामाकरण गर्छौँ', उनले भने, 'सहमति जुटेन भने बहुमतबाट भए पनि नामकरण हुन्छ ।' हाल प्रदेश नं १ बाहेकका प्रदेशको नामाकरण भइसकेको छ । 


यसअघि प्रदेश नं १ को नामकरण प्रयासमा आफ्नो दल सहयोगी बन्न खोज्दा पनि सफल नबनेको दाबी गर्दै नेकपा एमाले स्थायी कमिटीका सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले भने, 'हाम्रा कारणले नामकरण रोकिएको होइन ।'

उनले प्रदेश नं १ मा पुरानो सञ्चार प्रतिष्ठान ब्यूँताउने जानकारी दिए । मुख्यमन्त्री कार्की प्रदेशको पहिलो सरकारका बेला आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री थिए । त्यसबेला आफूले नै सञ्चार प्रतिष्ठान गठन गरेको प्रसङ्ग जोड्दै उनले अब कानुन नै बनाएर प्रतिष्ठानलाई अघि बढाउने बताए । 

पत्रकार उपचार कोष सञ्चालन र पेसागत सुरक्षाका लागि प्रदेश सरकारले के(कस्तो सहयोग गर्नुपर्छ भनेर चाँडै नै नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल र पत्रकारहरूको संंघसंगठनसँग परामर्श गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । रासस


Author

थप समाचार
x