कोशी

प्रदेश १ को नामकरण आज

१२ बजेसम्म प्रस्ताव पेश गर्न आह्वान, प्रदेशसभा भवन आसपास सुरक्षा व्यवस्था कडा

इकागज |
फागुन १७, २०७९ बुधबार १०:५६ बजे

विराटनगर - आज हुने प्रदेश १ को नामाकरणका लागि अपराह्न १२ बजेसम्म प्रस्ताव पेश गर्ने समय तोकिएको छ । प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव आह्वानको सूचना प्रकाशित गरेका हुन् ।

नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेशको नामाकरणका लागि प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन समेत) को नियम ५८(ख) को उपनियम (१) बमोजिम सोही नियमावलीको अनुसूची-९ को ढाँचामा नामाकरणको प्रस्ताव पेश हुने सूचनामा उल्लेख छ ।


नामाकरणको प्रस्ताव प्रदेश सभा सचिव समक्ष दर्ता गराउनु पर्ने व्यवस्था छ । नामाकरण हुने भएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


Author

थप समाचार
x