कोशी

प्रदेश १ को नामकरण आज

नामको प्रस्तावकमा एमाले बस्‍ने, कांग्रेस र  माओवादीले समर्थन गर्ने

इकागज |
फागुन १७, २०७९ बुधबार १२:२५ बजे

विराटनगर - प्रदेश १ को नामकरणका लागि प्रस्ताव पेश गर्ने समय एक घण्टा समय थपिएको छ । नामकरणको प्रस्ताव एमालेले गर्ने तयारी गरेको छ । प्रस्तावक/ समर्थकमा नेपाली काङ्ग्रेस र माओवादीलगायतका दलले गर्ने तयारी गरेका छन् ।

प्रस्ताव तयारीका लागि दलहरू जुटिरहेका कारण समय थपिएको हो । सभामुख बाबुराम गौतमको निर्देशन र दलहरूको परामर्शमा एक घण्टा समय थपिएको जनाइएको छ । 


नामाकरणका लागि प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले प्रदेशका नामाकरण सम्बन्धी प्रस्ताव आह्वान सूचना बिहान १० बजे प्रकाशित गरेका थिए ।

नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेशको नामकरणका लागि प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन समेत) को नियम ५८(ख) को उपनियम (१) बमोजिम सोही नियमावलीको अनुसूची-९ को ढाँचामा नामकरणको प्रस्ताव पेश हुने सूचनामा उल्लेख छ ।


Author

थप समाचार
x