कोशी

प्रदेश १ को नामाकरण

नेकपा एस र जसपाको नेतृत्वमा 'किरात-लिम्बुवान-सगरमाथा' नाम दर्ता

एमाले, काङ्ग्रेस, माओवादी र राप्रपा कोशी प्रदेशमा सहमत

बाबुराम भण्डारी |
फागुन १७, २०७९ बुधवार १३:२३ बजे

विराटनगर - प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले 'किरात-लिम्बुवान-सगरमाथा' नाम उल्लेखित प्रस्ताव दर्ता गरेका छन् । प्रस्तावकमा एसका संसदीय दलका नेता राजेन्द्र कुमार राई र समर्थकमा एसकै कमल प्रसाद जवेगु तथा जसपाकी निर्मला लिम्बू रहेकी छन् ।

प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली समक्ष नामकरणको प्रस्ताव अपरान्ह १२:५० मा दर्ता गरेका हुन् । यस अघि नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र राप्रपाको तर्फबाट कोशी नाममा समर्थन रहने गरी प्रस्ताव दर्ता गरेको छ ।


नामकरणको पहिलो प्रस्तावको प्रस्तावक नेकपा एमालेका प्रदेश सभा सदस्य रामबहादुर राना मगर रहेका छन् । समर्थकमा नेपाली काङ्ग्रेसका भूमिप्रसाद राजवशी, एमालेका निरन राई र विदुर लिङ्थेप रहेका छन् ।

नामकरणको प्रस्ताव दर्ता गर्न १ बजेसम्मको समय तोकिएको थियो । दुई वटा प्रस्ताव दर्ता भएपछि सभामुख बाबुराम गौतमले कार्यव्यवस्था परामर्श समितिको बैठक राख्ने तयारी अघि बढाएका छन् । दलहरू आजै प्रदेश १ को नामकरण टुङ्ग्याउने तयारीमा जुटेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x