कोशी

प्रदेश १ नामकरणको प्रक्रिया सुरु, कांग्रेस समर्थक नबसी 'कोशी' नाममा समर्थन जनाउँदै

बाबुराम भण्डारी |
फागुन १७, २०७९ बुधवार १५:३८ बजे

विराटनगर- प्रदेश १ को नाम 'कोशी' राख्न सहमत भएको नेपाली कांग्रेस उक्त प्रस्तावको समर्थकबाट भने हटेको छ । समर्थकबाट हटे पनि प्रस्तावको पक्षमा मतदान गर्ने निर्णयमा पुगेको हो ।

कांग्रेससंगकै छलफलबाट नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले प्रदेश १ को नाम कोशी राख्ने सहमतिसहित नामकरणसम्बन्धी प्रस्ताव अघि बढाउने निर्णय गरेका थिए ।


कोशी नामकरण गर्न दलको बैठकबाटै निर्णयमा पुगेको माओवादी केन्द्र पनि प्रस्तावको समर्थक बसेको छैन ।

कांग्रेसले भने कोशी नाममा समर्थन जनाएको माओवादी पनि समर्थक नबसेको भन्दै प्रस्तावको मत विभाजनका क्रममा पक्षमा मतदान गर्ने गरी समर्थकबाट नाम हटाएको हो । प्रस्तावमा कांग्रेसका तर्फबाट भूमिप्रसाद राजवंशीले समर्थन जनाएका थिए ।

नामकरणमा पहिचानको माग गर्ने समुदायको सहानुभूति लिनका लागि कांग्रेसले यस्तो रणनीति लिए पनि प्रस्तावको पक्षमै मतदान गर्ने भएको हो ।

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने पहिचानका पक्षमा लागेको पार्टीले जनताबाटै भोट नपाएको भन्दै जनमतका आधारमा अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

प्रदेशको नामकरण नगरेर सधैं भरी बस्ने अवस्था नरहेको उनले बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x