कोशी

'किरात-लिम्बुवान-सगरमाथा' नाम स्वत:अस्वीकृत

'कोशी' नाममा छलफल सुरु

बाबुराम भण्डारी |
फागुन १७, २०७९ बुधबार १६:२१ बजे

विराटनगर - प्रदेश १ को प्रदेश सभाबाट 'किरात-लिम्बुवान-सगरमाथा' नामकरणको प्रस्ताव स्वत:अस्वीकृत भएको छ । नामकरणका लागि पेस भएको 'कोशी प्रदेश' नाम सम्बन्धी प्रस्ताव बहुमतबाट स्वीकृत भएको हो ।

पहिलो प्रस्तावलाई छलफलमा अघि बढाउने प्रस्ताव बहुमतले पारित भएका कारण नेकपा एसका नेता राजेन्द्रकुमार राईले प्रस्ताव गरेको 'किरात-लिम्बुवान-सगरमाथा' नाम स्वत:अस्वीकृत भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका हुन् । प्रदेशको नाम कोशी राख्ने प्रस्ताव छलफलको प्रक्रियामा अघि बढेको छ ।


उक्त प्रस्तावको प्रस्तावक रहेको नेकपा एमाले संसदीय दलका दलका तर्फबाट प्रमुख सचेतक रेवतिरमण भण्डारीले कोशी नाम उपयुक्त रहेको जिकिर गरेका छन् । कोशी नामकरण गर्न सहमत भएको नेपाली काङ्ग्रेसका तर्फबाट पनि प्रमुख सचेतक भुपेन्द्र राईले प्रस्तावको समर्थन गरेका छन् । उनले नाम नराखि प्रदेश सभाबाट जाने अवस्था नरहेको बताएका छन् । कोशी नाममै सबै अटाएर जानुपर्ने उनले बताए ।

अहिले माओवादी संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले बोलिरहेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x