कोशी

रोष्टममै राेइन् मन्त्री लिम्बु, पहिचानसहितको नाम राख्न नसकेकोमा दुखेसो

बाबुराम भण्डारी |
फागुन १७, २०७९ बुधबार १७:५७ बजे

विराटनगर- प्रदेश १ की स्वास्थ्यमन्त्री निर्मला लिम्बु रोष्टममै रोएकी छन् । प्रदेश सरकारमा जसपाबाट मन्त्री बनेकी लिम्बुले प्रदेश सभाबाट पहिचानसहितको नाम ल्याउन नसकेको भन्दै आफ्नो सम्बोधनका क्रममा भावुक बन्दै रोएकी हुन् ।

प्रदेश सभामा जसपाबाट लिम्बु एक मात्र सांसद हुन् ।


आफूले सबथोक त्यागेर पहिचानको पक्षमा लडेको तर नामकरण गर्न असमर्थ भएको उनले गुनासो गरिन् । 'म त बर्बाद भएछु जस्तो लागेको छ,' उनले भनिन्, 'जसपाले पाएको ६१/६२ हजार मत गलत रहेछ जस्तो भएको छ ।'

लिम्बुले प्रदेश सभा सदस्यको जिम्मेवारी पाएपछि नामकरण गर्नुपर्छ भन्नेमा दुईमत नभए पनि प्रदेशको नाम 'कोशी' राख्ने भनेर सरकारभित्रै छलफल समेत हुन नसकेको गुनासो गरेकी थिइन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x