कोशी

फाेटाेफिचर

विराटनगरमा पहिचान पक्षधर समूह र प्रहरीबीच झडप, अश्रु ग्यास प्रहार

इकागज |
चैत ५, २०७९ आइतबार १४:५६ बजे

विराटनगर- कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा उत्रिएका पहिचान पक्षधर समूह र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीको भिड अनियन्त्रित भएर मुख्यमन्त्री कार्यालयतिर ढुङ्गामुडा गर्दै अघि बढेपछि विराटनगरको रोडशेष चोकमा झडप भएको हो । त्यसक्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ । आन्दोलनकारीको ढुङ्गामुडाबाट केही प्रहरी घाइते भएका छन् । एकजना आन्दोलनकारी पक्राउ परेका छन् ।


प्रदर्शनकारीहरूले प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन् । आज पहिचान पक्षधर समूहले विराटनगरमा प्रदर्शन गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार उनीहरू विराटनगर आएका थिए ।

प्रदेश सभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको थियाे ।


Author

थप समाचार
x