कोशी

कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलन : प्रहरीको लाठी प्रहारबाट घाइते लिम्बूको मृत्यु

इकागज |
चैत १०, २०७९ शुक्रवार १२:३४ बजे

सांकेतिक तस्बिर

विराटनगर- प्रदेश १ को पुनः नामाकरणको माग राखेर भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका मोरङको बेलबारी नगरपालिका–२ का पदम लिम्बूको मृत्यु भएको छ । 

प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएपछि ५ चैतमा भएको आन्दोलनमा क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका उनको शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।


कोशी प्रदेश नामाकरण खारेज गरेर पुनः पहिचानका आधारमा नामाकरण गर्नुपर्ने माग गर्दै प्रदर्शन भइरहेका छन् ।

सोही क्रममा गत आइतबार भएको आन्दोलनमा प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएका थिए । तर, मंगलबार राति बेहोस भएपछि उनलाई उपचार गर्न प्रतिष्ठानमा लगिएको थियो । उनको टाउकोमा चोट लागेको थियो । 


Author

थप समाचार
x