कोशी

कोशी प्रदेश नाम खारेज गरी पुन: नामकरण गर्न उपेन्द्रको माग

इकागज |
जेठ १४, २०८० आइतबार १८:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १ नम्बर प्रदेशको नाम कोशी राख्न नहुने बताएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै कोशी नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्‍बोधन हुने नाम राख्न उनले माग गरेका हुन् । 

‘प्रदेश सभाबाट प्रदेश नम्‍बर १ को नामकरण कोशी प्रदेश गरिएकोमा त्यसलाई अस्वीकार गर्दै उक्त नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने गरी पुन: नामकरण गर्न माग गर्छौं,’ विज्ञप्तिमा भनिएको छ । 


यस्तै प्रदेशमा भइरहेको प्रदर्शनमाथि सरकारको दमन पनि बन्द गर्न उनले आग्रह गरेका छन् ।


Author

थप समाचार
x