कोशी

गणतन्त्र दिवसमा तीन पत्रकार सम्मानित

इकागज |
जेठ १५, २०८० सोमवार १३:४९ बजे

विराटनगर । गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले तीन पत्रकारहरुलाई सम्मान गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित १६ औं गणतन्त्र दिवस समारोहका अवसरमा अग्रज पत्रकारहरु मोहन भण्डारी (मोरङ) प्रदिप मेन्याङ्बो (सुनसरी) र श्याम राई (उदयपुर) लाई जनही एक/एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको हो ।


कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उनीहरुलाई सम्मान पत्र प्रदान गरेका हुन् । लोकतान्त्रिक व्यवस्थाको पुनर्वाहाली र गणतन्त्रको स्थापनामा योगदान पुर्याएकोले पत्रकारहरुलाई सम्मान गरिएको मुख्यमन्त्री कार्कीले बताए ।

उनले कोशी प्रदेश नामकरणविरुद्ध भएका आन्दोलन शान्तिपूर्ण हुन नसकेको बताए ।

सबै गतिविधि शान्तिपूर्ण रुपमा अघि बढाउनु पर्ने सुझाव दिए । साथै हिंसात्मक गतिविधि छाडेर सबै गतिविधि शान्तिपूर्ण रुपमा गर्न पहिचान पक्षधरहरुलाई आग्रह गरे । आन्दोलन क्रममा घाइते भएका आन्दोलनकारी र प्रहरीहरुको स्वास्थलाभको कामना परे ।


Author

थप समाचार
x