कोशी

कोशी प्रदेश सरकारबाट बाहिरिने जसपाको निर्णय

इकागज |
जेठ १७, २०८० बुधबार १३:७ बजे

विराटनगर । एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टीले बाहिरिने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको प्रदेश कमिटीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको जसपाका प्रदेश अध्यक्ष दिपक याख्खाले जानकारी दिए ।

उनले पार्टीको निर्णय मन्त्री निर्मला लिम्बुलाई पनि जानकारी गराइसकेको बताए  ।


कोशी प्रदेश सभामा एक सिट रहेको जसपा एमाले नेतृत्वको सरकारमा सहभागी दल हो । जसपाबाट प्रदेश सभा सदस्य रहेकी लिम्बू सरकारको स्वास्थ्यमन्त्री बनेकी छन् । उनी २०७९ पुष २५ गते मन्त्री नियुक्त भएकी थिइन ।

जसपाले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएर मन्त्रीले राजिनामा दिएपछि मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सभाबाट ३० दिन भित्र विश्वासको मत लिनुपर्ने छ ।

कोशी प्रदेश नामकरणमा असन्तुष्टी जनाउदै आएकी लिम्बुले पहिचान पक्षधर भएर सरकारमा पनि बसिराख्ने भन्दै पार्टी भित्रै आलोचना भइरहेको थियो ।


Author

थप समाचार
x