कोशी

कोशी प्रदेश

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मन्त्री मेन्याङ्बोलाई

इकागज |
जेठ १८, २०८० बिहीबार १७:२७ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जसपाकी निर्मला लिम्बुको राजीनामापछि खाली भएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोलाई दिएका छन् ।

बुधबार लिम्बुले मन्त्री पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्रीविहीन बनेको थियो । लिम्बुले बुधबार नै मुख्यमन्त्री कार्कीलाई राजीनामा पत्र बुझाएकी थिइन् । 
मुख्यमन्त्री कार्कीले पनि खाली भएको मन्त्रालयको कार्यभार बुधबार नै मन्त्री मेन्याङ्बोलाई तोकेका थिए । मन्त्री पदबाट राजीनामा दिएकी लिम्बु र मन्त्रालयको जिम्मेवारी सम्हालेका मेन्याङ्वो दुवै ताप्लेजुङवासी हुन् ।


स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री मेन्याङ्बोले बिहीबार मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् । उनलाई मन्त्रालयकी सचिव डा.सुधा देवकोटा लगायत मन्त्रालयका कर्मचारीहरूले स्वागत गरेका थिए ।


Author

थप समाचार
x