कोशी

सवारी दुर्घटनामा २ को मृत्यु

इकागज |
जेठ ६, २०७८ बिहीबार ११:३२ बजे

विराटनगर: मोरङको पथरीमा दुई सवारी साधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते छन् । पथरीशनिश्चरे नगरपालिका २ जयचौकस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार राति १२ बजे दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा झापा जिल्लाको झापा गाउँपालिका ६ शरणमतीका ६० वर्षीय लक्ष्मी भन्ने लिलानाथ पौडेल र मोरङको रंगेली नगरपालिका ३ रन्जनीका ७६ वर्षीया विष्णुमाया सिवाकोटीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । 

उनकाअनुसार पथरीको जयचौकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ च १८५१ नम्बरको स्करपियोलाई सोही दिशातर्फ जाँदै गरेको ना २ ख ९४७३ नम्बरको मालवहाक सवारीसाधनले ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकको ढक्करबाट स्कारपियोमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जना गम्भीर घाइते भएको डिएसपी राईले जानकारी दिए । 


घाइते झापा बिर्तामोड नगरपािलका २ चारपानेका ३३ वर्षीय विकाश उप्रेती, सोही ठाउँका ४५ वर्षीया बिनिता पौडेल र हल्दीवारी गाउँपालिका ५ का २५ वर्षीय रोशन उपे्रतीको विराटनगरस्थित गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनीहरू बिरामी भेट्नका लागि राति विराटनगरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।


Author

थप समाचार
x