कोशी

कोभिडले प्रदेश १ मा ७४६ जनाको मृत्यु, ५० हजार संक्रमित

इकागज |
जेठ ९, २०७८ आइतवार ९:३२ बजे

फाइल फोटो

विराटनगर : कोभिड संक्रमणका कारण हालसम्म प्रदेश १ मा ७ सय ४६ जनाको मृत्यु भइसकेको छ । कोभिडका कारण सवै भन्दा बढी मोरङ जिल्लामा मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोभिड संक्रमणका कारण मोरङमा २२७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १९८, झापामा १८०, धनकुटामा १५, उदयपुरमा १४, इलाममा १३, संखुवासभामा ३ जनाको मृत्यु भएको छ । 

यसै गरी तेह्रथुम र ताप्लेजुङमा ५ र ५ र पाँचथरमा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मृत्यु भएका अन्य प्रदेशका ८४ जनाको मृत्यु भएको छ । 


अहिलेसम्म प्रदेश १ मा कोभिड संक्रमितको संख्या ५० हजार ४ सय ६४ पुगेको छ । त्यसमध्ये मोरङमा मात्रै १४ जिल्लामै सबैभन्दा बढी २१ हजार ९ सय ३४ जना रहेका छन् । संक्रमित बढी हुनेमा मोरङपछि दोस्रो स्थानमा रहेका सुनसरीमा १२ हजार ५ सय ११ जना रहेका छन् । 

यस्तै झापामा ९ हजार १ सय ७७, इलाममा ८३३, उदयपुरमा ८०३, संखुवासभामा ६७८, धनकुटामा ६६०, ताप्लेजुङमा ५ सय ८९, तेह्रथुममा ३०२, पाँचथरमा २५१, खोटाङमा २४२, भोजपुरमा २००, सोलुखुम्बुमा ९८ र ओखलढुंगामा ६४ जना संक्रमित फेला परेका छन् । यस्तै जिल्ला नखुलेका प्रदेश १ का अन्य २ हजार १ सय २६ जना पनि संक्रमित भएका छन् । 
 


Author

थप समाचार
x