कोशी

'निषेधाज्ञामा नागरिकता बाँडिएको छैन'

सुभाष कर्ण |
जेठ १२, २०७८ बुधवार १८:१२ बजे

जनकपुरधाम : निषेधाज्ञा अवधिमा नागरिकता वितरण भइरहेको भन्ने हल्ला निराधार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले दाबी गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय पर्साले प्रेस विज्ञप्ति जारी गर्दै निषेधाज्ञाका अवधिमा जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण नगरेको प्रष्ट पारेको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'जिल्ला प्रशासन कार्यालयको नाम जोडेर हालै समाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी विषयलाई लिएका आएका पोष्ट र समाचारप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।'


कोभिड-१९ संक्रमणलाई मध्यजनर गर्दै यसलाई नियन्त्रण, रोकथाम र संक्रमणको श्रृंखला तोड्न बैशाख १६ गतेदेखि नै पर्सा जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरिएको र हालसम्म पनि जारी नै रहेको अवस्थामा कार्यालयमा अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह स्थगित अवस्थामै राखिएको विज्ञप्तिमा उल्लेख छ । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x