कोशी

झापामा २४ घण्टाभित्र तीनको मृत्यु

इकागज |
जेठ २१, २०७८ शुक्रबार १२:७ बजे

झापा : पछिल्लो २४ घण्टाभित्रैमा यहाँ तीन सङ्क्रमितको ज्यान गएको छ । गत २४ घण्टामा यहाँस्थित लाइफलाइन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु भएको हो । अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४:०० बजे मोरङको उर्लाबारी-१ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।

यसअघि बिहीबार दिउँसो साढे ४:०० बजे पथरीशनिश्चरे-१० का ७० वर्षीय पुरुष र बिहान साढे ८:०० बजे दमक-८ की ७० वर्षीया एक वृद्धाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो । सो अस्पतालमा आज बिहानसम्म २५ कोरोना सङ्क्रमित उपचाररत छन् ।


गत वैशाख १० गते यता सो अस्पतालमा मात्रै कूल नौ सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा कूल ७९ सङ्क्रमित उपचारका लागि भर्ना भएका, १५ जनालाई अन्यत्र रेफर गरिएको छ भने २२ जना उपचारपछि निको भएका कोभिड फोकल पर्सन मोतेले बताए । रासस


Author

थप समाचार
x