कोशी

माओवादीद्वारा प्रदेश–१ सभा बैठक अबरुद्ध

इकागज |
असार १४, २०७८ सोमबार १४:४४ बजे

काठमाडौँ : नेकपा माओवादी केन्द्रले प्रदेश–१ को प्रदेशसभा बैठक अबरुद्ध गरेको छ । प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रले प्रदेशसभाको सोमबारको बैठक अबरुद्ध पारेको हो । 

विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबार मन्त्री गुरुङले माओवादी सांसद मोहनकुमार खड्काको नाम लिएर अमर्यादित टिप्पणी गरे ।  सोमबारको बैठक सुरु हुनेबित्तिकै माओवादी केन्द्रका सांसदहरू उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बोल्न समय दिएका थिए । 


माओवादी केन्द्र संसदीय दलका उपनेता रामकुमार राईले मन्त्रीले रोष्ट्रमबाटै माफी मागेर उहाँको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अवरोध जारी रहने बताए । मन्त्रीको अमर्यादित प्रस्तुति भन्दै माफी माग्नुपर्ने र मन्त्री गुरुङको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने उनले माग गरे ।

मन्त्री गुरुङले आइतबार बोल्ने क्रममा सभामुखले भनाइ टुंग्याउन चार पटक रुलिङ गर्दा पनि लगातार सांसद खड्कामाथि गालीगलौजमा उत्रिएका थिए । माओवादी दलका उपनेता राईले मन्त्रीले माफी नमागेसम्म बैठक अबरुद्ध हुने भनेपछि सभामुखले बैठक भोलिसम्मका लागि स्थगित गरे ।


Author

थप समाचार
x