कोशी

सप्तकोशीको बहावमा उतारचढाव, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

इकागज |
असार १८, २०७८ शुक्रबार १८:५९ बजे

काठमाडौँ : विगत केही दिनदेखिको वर्षाका कारण सप्तकोशी नदीको बहावमा उतार चढावको आइरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढीरहेको हो ।

सामान्यतया नदीको बहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीको बहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । आज साँझको मापन अनुसार कोशी ब्यारेज भएर १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक पानी बगिरहेको छ । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक प्रतिसेकेण्ड बहाव मापन हुँदा ब्यारेजका २४ वटा ढोका खोलिएका छन् ।


कोशीको पछिल्लो मापन अनुसार नदीको वहावमा निरन्तर बढिरहेकाे छ । सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम जारी रहेपनि अहिलेसम्म तटिय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको बताएको छ । प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको र नियमित अनुगमनसमेत जारी रहेको बताएको छ । निरन्तर वर्षा भइरहेको हुँदा नदीको बहाव जुनकुनै बेला बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुनसरी प्रशासनले आग्रह गरेको छ । 


Author

थप समाचार
x