कोशी

३० हजार घुससहित पुनर्निर्माण प्राधिकरणका सव–इन्जिनियर पक्राउ

इकागज |
असार २०, २०७८ आइतबार १७:० बजे

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ । 

आयोगका अनुसार सव–इन्जिनियर पासवानले भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरेवापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेका थिए । 


सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा पासवानलाई सेवाग्राही पाँच दिनअघि नियन्त्रण लिएको हो । पासवान घूससहित टोलीले पक्राउ गरेको थियो । आयोगले उक्त घुसबारे अनुसन्धान गरिरहेको छ र प्रमाणित भएको खण्डमा मुद्दा चलाउनेछ ।
 


Author

थप समाचार
x