कोशी

उदयपुरमा स्कारपिओ दुर्घटना हुँदा पाँचको मृत्यु, तीनको अवस्था गम्भीर

इकागज |
कात्तिक २, २०७७ आइतबार ८:४७ बजे

उदयपुर : कटारी नगरपालिका-१४ भदौरे भीरमा स्कारपिओ जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शनिबार राती करिब १२ बजे भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.प.७१७१ नम्बरको सिद्दिचरण लोकमार्गमा स्कारपिओ दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको हो । अन्य तीन जना भने गम्भीर घाइते भएका छन् ।

हालसम्म दुई जना मृतकको सनाखत भएको छ । जसमा मानेभञ्ज्याङ-९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की रहेका छन् । अन्य तीन जनाको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदप्रसाद गौतमले बताए ।


भारतबाट दशैँ मान्नका लागि भैरहवा क्वारेन्टाइनमा बसेर गाडी रिर्जभ गरेर उनीहरु आएका थिए ।

ओखलढुंगाको मानेभञ्याङ-९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका-४ का २८ वर्षीय पनव खड्का गम्भीर छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । 


Author

थप समाचार
x