कोशी

प्रदेश १ : एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन

शेरधन राईले दिए मुख्यमन्त्रीबाट राजीनामा

इकागज |
भदौ १०, २०७८ बिहिवार १२:४ बजे

विराटनगर - नेकपा एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवम् दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत दलको नेता चयन भएका हुन् । माधव नेपाल समूह छाडेर आएका आचार्य आजै प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुँदैछन् । 

यसअघि एमाले संसदीय दलका नेता शेरधर राईले पदबाट राजीनामा दिएका थिए । उनले मुख्‍मन्‍त्री पदबाट पनि राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन्।



Author

थप समाचार
x