कोशी

इलामका जिसस सदस्यको कोभिडबाट निधन

इकागज |
भदौ २६, २०७८ शनिबार ९:५९ बजे

सांकेतिक तस्बिर

इलाम- इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको आज बिहान कोभिडको उपचारका क्रममा निधन भएको छ । उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना भएका उनको आज बिहान साढे ४:०० बजेतिर निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए ।

एक साताअघि कोभिड-१९ को लक्षण देखिएपछि उहाँलाई मेची अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा एन्टिजेन परीक्षण गर्दा उहाँमा कोभिडको सङ्क्रमण देखिएको थिएन । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । बिएन्डसीमा भर्ना गरिएपछि पिसीआर परीक्षण गर्दा उहाँमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।


दक्षिणी इलामको रोङ गाउँपालिका-४ निवासी उनी नेकपा (एमाले) इलामको सचिवालय सदस्य थिए । उनको निधनबाट इलामले एक प्रतिभाशाली युवा राजनीतिकर्मी र जनप्रतिनिधि गुमाएको इलाम जिसस प्रमुख बरालले बताए ।


Author

थप समाचार
x