कोशी

प्रदेश १ मा दाहाल–नेपाल समूहको बहुमत

लीलावल्लभ घिमिरे |
पुस ७, २०७७ मगलवार १३:४७ बजे

विराटनगर : प्रतिनिधिसभा विघटनपछि प्रदेश सरकारका बारेमा विभिन्न टिपणी हुन थालेका छन् । प्रदेश विगटनदेखि प्रदेश सरकार परिर्वतन सम्मका कुरा उठ्न थालेका छन् । 

प्रदेश १ मा सरकार परिर्वतनको बलियो सम्भावना छ । नेकपामा विभाजन आउने निश्चित भएसँगै प्रदेश सरकारको जोड घटाउ सुरु भएको छ ।
प्रदेश १ मा पुष्पकमल दाहाल र माधव नेपाल पक्षले एक्लै बहुमतको सरकार बनाउने सम्भावना छ । प्रदेशमा नेकपाका ६७ सांसद छन् । त्यस मध्ये दाहाल–नेपाल समुहका ४७ र ओली समुहमा २० सांसद रहेको आँकलन छ । 


प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ सिट र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट संख्या छ । यो प्रदेशमा तत्कालीन एमालेका ५१, माओवादी केन्द्रले १६, कांग्रेस २१,  संघिय समाजवादी फोरम ३, राप्रपा १ र संघिय लोकतान्त्रिक मन्चले १ सिट छ । 

करीव तीन वर्षअघि तत्कालीन एमालेका पोलीटब्यूरो सदस्य तथा प्रदेशका सह–इन्र्चाज शेरधन राई मुख्यमन्त्री बनेका थिए । राईले तत्कालीन एमालेकै स्थायी कमिटी सदस्य एवं प्रदेश इन्र्चाज सचिव भीम आर्चायलाई २ मतान्तरमा पराजित गर्दै संसदीय दलको नेतामा विजयी भएका थिए । 

राई ओली पक्षका र आर्चाय नेपाल पक्षका हुन् । तत्कालीन एमालेको प्रदेश सभामा रहेको ५१ मतमा राईले २६ मत पाएका थिए भने आर्चायको पक्षमा २४ मत आएको थियो । एक मत बदर भएको थियो । नेकपामा विभाजन आए अब भीम आर्चाय मुख्यमन्त्री बन्ने चर्चा सुरु भएको छ । 

पूर्वएमालेका ५१ जना प्रदेश सांसदमध्ये ओली पक्षमा २० जना मात्र रहेको दाबी गरिन्छ ।  पूर्वमाओवादीका १६ जना दाहालकै पक्षमा लाग्ने अनुमान छ । सभामुख प्रदिपकुमार भणडारी नेपाल समूहका र उपसभामुख सरस्वती पोखरेल दाहाल समूहका हुन ।

धरापमा गण्डकी सरकार, साना पार्टी ‘पर्ख र हेर’को अवस्थामा

संकटमा लुम्बिनी सरकार

सुदूरपश्चिम सभामा दाहाल-नेपाल समूहसँग सुविधाजनक बहुमत

‘प्रदेशले आफ्‍नै विवेक प्रयोग गर्नुपर्छ’

 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x