कोशी

मिक्लाजुङ १ र २ मा कांग्रेसको प्यानलै विजयी

इकागज |
जेठ १, २०७९ आइतबार १०:२१ बजे

विराटनगर- मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर १ र २ मा नेपाली कांग्रेसका उम्मेदवार प्यानलै निर्वाचित भएका छन् । वडा नं. १ मा कांग्रेसका पर्वत राईले एमाले तथा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारलाई २५३ मतान्तरले पराजित गरेको हो ।

राईले ९२९ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी माओवादीका उमेश राईले ७०२ मत प्रात गरेका थिए ।


खुल्ला सदस्यमा पासाङ तामाङ ९०८, महिला सदस्य लोकमाया राईले ९११, टेक राई ९०७ र दलित महिला सदस्य कल्पना घिमिरेले ९२२ मत ल्याएर विजयी भएका हुन् ।

वडा नं. २ को वडाध्यक्षमा नेपाली कांग्रेसका बलबहादुर श्रेष्ठ (अर्पण) प्यानलै निर्वाचित भएका छन् । २४ वर्षीय श्रेष्ठले ७६१ मत प्राप्त गरेका हुन् ।

खुल्ला सदस्य रेवत खड्काले ५५४, सदस्यमा हेमराज कटुवाल ५७०, महिला सदस्यमा उषा राई ५४३ र दलित महिला सदस्यमा सर्मिला विकले ५४८ मत प्राप्त गरेका हुन् । 

मिक्लाजुङ २ को वडाध्यक्षमा पराजित एमालेका गौरीप्रसाद राई भने २०५४ र २०७४ को निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुन् ।


Author

थप समाचार
x