कोशी

जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादीकी राई विजयी

इकागज |
जेठ १, २०७९ आइतवार १६:४ बजे

खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई विजयी भएकी छन् । अरुणादेवीले २८ सय ८१ मत पाएर विजयी भएकी हुन् । निटकतम प्रतिद्धन्द्धी नेकपा एमालेका अध्यक्षका उम्मेदवार शंखरबहादुर राईले २५ सय ७५ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का विजयी भएका छन् । खड्काले २८ सय पाँच मत पाएर विजयी भएका हुन् ।
 
निटकतम प्रतिद्धन्द्धी नेकपा एमालेकी उपाध्यक्ष उम्मेदवार विमला राईले २४ सय ९५ मत पाएकी छन् ।



Author

थप समाचार
x