मधेश

वीरगञ्ज महानगरपालिकाको पहिलो निर्णय - नगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने

इकागज |
जेठ १४, २०७९ शनिवार १८:५१ बजे

फाइल फोटो

वीरगञ्ज - मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल रकम पालिकाले व्यहोर्न भएको छ । 

महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले पहिलो निर्णयानुसार मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने भएको हो ।


विद्युत् महसुलसम्बन्धी निर्णयलाई महानगरपालिकाको पहिलो बोर्ड बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने नगरप्रमुख सिंहले बताए । 

यसैबीच सडक विभाग मातहतमा रहेको वीरगञ्जको घण्टाघरबाट माईस्थान चोकसम्मको कालोपत्र सडकलाई विभागको सहमतिमा मर्मतसम्भारको काम अघि बढाउनेसमेत निर्णय गरे । 

त्रिभुवन राजपथअन्तर्गत पर्ने उक्त सडकखण्डको कालोपत्र बिग्रिएका कारण आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटनासमेत भएकाले महानगरपालिकाले उक्त सडकलाई तत्काल मर्मतसम्भार काम अघि बढाइएको नगरप्रमुख सिंहले जानकारी दिए । रासस


Author

थप समाचार
x