मधेश

मधेशमा युवा महोत्सव हुने

इकागज |
असार ९, २०७९ बिहिवार ७:४८ बजे

जनकपुरधाम- मधेश प्रदेशमा असार १५ र १६ गते मधेश प्रदेश युवा महोत्सव हुने भएको छ । 

मधेश प्रदेश, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको बताए ।


स्रोत साधनको पहुँचमा नभएका, मूलधारमा नसमेटिएका युवाका सीप र दक्षतालाई परिचित गराउन तथा सम्भावनाका मार्गमा अभिमुखिकरण प्रदान गर्न सक्ने लगायतका उद्देश्यले महोत्सवको आयोजना गरिन लागिएको उनले बताए ।

प्रदेशका ८ वटै जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र १२७१ वडासहित ५८ गाउँपालिका गरी १३६ स्थानीय तहलाई महोत्सवका बारेमा सूचना सम्प्रेषण गरिने जानकारी मन्त्रालयका उपसचिव ठुलोबाबु दाहालले जानकारी दिए ।

महोत्सवको पहिलो दिन मधेश प्रदेशमा राजनीति, उद्यम, सामाजिक कार्य, पत्रकारिता तथा सरकारी सेवाका विभिन्न क्षेत्रमा अथक रूपमा काम गरेर सकारात्मक परिवर्तन ल्याउन निरन्तर प्रयासरत उदाहरणीय युवाहरूका कथा सुन्ने र संवाद गर्ने कार्यक्रम रहेको छ ।

 दोश्रो दिन मधेश प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको विषयमा कार्यरत सरकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने र सोको सम्बोधनका लागि साझा प्रतिवद्धता र घोषणापत्र सार्वजनिक गरिने कार्यक्रम रहेको उपसचिव दाहालले बताए । महोत्सवको प्राविधिक सहयोग युवालय नामक संस्थाले गरिने उनले बताए ।  


Author

थप समाचार
x