मधेश

बारामा १३ किलो गाँजासहित एक जना पक्राउ

इकागज |
असार १०, २०७९ शुक्रबार ७:२४ बजे

सांकेतिक तस्बिर

बारा- बाराको निजगढ नगरपालिकाबाट प्रहरीले १३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका-३ का ३३ वर्षीय लाल काजी रहेका छन् ।

प्रहरीले गाँजा ओसार पसारमा प्रयोग भएको  प्र ३–०२–०१० प ३४९३  नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।


इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सन्जिव ओलीका अनुसार जिल्ला ट्राफिक कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक पुष्कर घिमिरेको कमाण्डमा खटिएको उनलाई पक्राउ गरेको हो ।


Author

थप समाचार
x