मधेश

जनकपुरधाम उपमहानगरले गौशाला निमार्ण गर्ने

इकागज |
साउन २७, २०७९ शुक्रबार १०:० बजे

फाइल तस्बिर

जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिकाले अव्यवस्थित पशुहरूको हेरचाहका लागि जनकपुरमा गौशाला निर्माण गर्ने भएको छ ।

छाडा चौपाया व्यवस्थापनसहितका उद्देश्यसहित जनकपुरधाम–१२ स्थित राजदेवी मन्दिर नजिक उपमहानगरपालिकाले एक करोडको लागतमा गौशाला निमार्ण गर्न लागेको हो ।   


उपमहानगरपालिका प्रमुख मनोजकुमार साहका अनुसार छाडा चौपायालाई  स्थायी  रूपमा  व्यवस्थापन गर्नका लागि सो गौशाला निर्माण गर्न लागिएको हो ।

करिब १० कट्ठामा निर्माण हुने सो गौशालामा ५० वटा चौपाया अट्ने क्षमताको बनाइने छ भने जसलाई छ महिनाको अवधिभित्र नै सकिने गरी काम सम्पन्न गर्न उपमहानगरपालिकाले निर्देशनसमेत दिएको छ।


Author

थप समाचार
x