मधेश

डरले होइन जनताको माया लागेर तराई आउन छाडेको थिएँ : अध्यक्ष ओली

सुभाष कर्ण |
असोज ८, २०७९ शनिबार २०:२१ बजे

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश आन्दोलनका क्रममा आफू कसैको डरले होइन जनताको माया लागेर तराई आउन छाडेको बताएका छन् ।

शनिबार धनुषाको विदेह नगरपालिका स्थित तिनकोरिया चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पछिल्लोपटक मधेश आन्दोलनका क्रममा आफू सप्तरीमा आउँदा राज्य पक्षले केही समूह परिचालन गरी आफूमाथि दोष लगाउन यहाँका निर्दोष जनता मारेकाे बताए । त्यस बेलादेखि आफू तराई झर्न छाडेकाे जिकिर गरे । उनले भने, 'तरपनि मले कसैको डर त्रासले होइन, राज्य पक्षले फेरि कुनै घटना घटाएर निर्दोष जनतालाई मार्नेछ भनी जनताको माया लागेर छाडेको थिएँ ।'


पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सप्तरीको मलेठमा आफू आउँदा राज्यले दुई जनालाई मारेर र ७ जनालाई घाइते बनाई उपद्रव नै मच्चाएको आरोप लगाए । उनले सम्झिदै भने, 'त्यसपछि जनताको माया लागेर तराई/मधेश आउनै छोडेँ ।'

उनले आफू तराई आउन छाडे पनि मधेशको विकास र सुधारका लागि काम गर्न कहिले पनि नचुकेकाे उल्लेख गरे । आफूले गरेको काम देखेर तराई मधेशका जनताले विपक्षीले छरेको भ्रम चिर्दै माया गर्न थालेको दाबी समेत उनले गरे ।

ओलीले आफ्नो सरकारको पालामा भएको विकास देखेर हिजो प्रवेश निषेध गरेको तराई मधेशमा एमालेमा प्रवेशको लहर चलेको बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x