मधेश

क्रस मतको विषयमा विवाद हुँदा महोत्तरीमा मतगणना हुन सकेन

इकागज |
मंसिर ५, २०७९ सोमबार १८:११ बजे

महोत्तरी- महोत्तरीका सबै क्षेत्रमा क्रस मतको विषयमा विवाद हुँदा अझै मतगणना हुन सकेको छैन ।

क्रस मतको विषयमा केहीले बदर हुनुपर्ने र केहीले सदर हुनुपर्ने माग राख्दै विवाद सिर्जना भएपछि मतगणना स्थगित भएको हो ।


भूलवस क्रस भएका मतलाई सदर गर्दै मताधिकारलाई सम्मान गर्नुपर्ने एकथरीको माग छ भने एकथरीले यसलाई बदर नै गर्नुपर्ने अडान लिएका छन् ।

अडान लिनेहरूमा नेकपा एस, जसपा, एमालेलगायतका दल छन् भने मताधिकारको सदुपयोग हुनुपर्छ भन्ने विषयमा अडान लिनेमा सत्तारूढ दल रहेका छन् ।

'कर्मचारीहरूको त्रुटीले मतदान गरेका मतदाताहरू अन्यायमा पर्नु हुँदैन भन्ने हाम्रो माग हो,' माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश पोखरेलले भने ।

विशेषगरि क्रस मतको विषयमा क्षेत्र नम्बर १ मा विवाद सिर्जना भएको छ । १ बजेबाट मतगणना सुरु गर्ने भनिए पनि विवादका कारण अहिलेसम्म मत गणना हुन नसकेको हो ।

निर्वाचन अधिकृत गुणराज श्रेष्ठले सर्वदलीय सहमति जुटे आफू मतगणना गर्न तयार रहेको बताएका छन् । न्युज कारखाना


Author

थप समाचार
x