मधेश

नक्कली नोट छाप्‍ने मेशिनसहित तीन जना पक्राउ

सुभाष कर्ण |
कात्तिक २८, २०७७ शुक्रबार ९:२४ बजे

जनकपुरधाम : सिरहाबाट सशस्त्र प्रहरीले नक्कली नोट छाप्ने मेशिनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका-१२ बस्ने बर्ष २५ का धीरज यादव, संजय राय र कल्‍याणपुर नगरपालिका-७ बस्ने वर्ष २४ का विम्लेन्द्र कुमार नायक रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

गोलबजारमा रहेको सशस्त्र प्रहरी सुरक्षा वेशले वडा नं.६ स्थित विरेन्द्र महतोको घरमा विगत केही दिनदेखि शंकास्पद गतिविधि बढन् थालेको गोप्य सूचनाको आधारमा घरमा बिहीबार राति छापामारी गर्दा नक्कली नोट छाप्ने मेशिनसहित ६ लाख ८४ हजार जाली नोट बरामद गरेको छ ।


मेशिन र जाली नोट सहित एक/एक थान ल्यापटप र मोटर साइकल समेत घटनास्थलबाट प्रहरीले बरामद गरेको कुरा सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्‍नमस्ता बाहिनी मुख्यालय बर्दिबास प्रबन्ध शाखाले जनाएको छ ।

लागूऔषध कारोबारी हुन सक्ने आशंकाका साथ वेश क्यापका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रोशन थापाले छापा मार्दा सो स्थानबाट एक हजार दरका १ सय ४ तयारी जाली नोट र ५ सय ८० जाली नोट ए फोर साईजको कागजमा छपाई गरी कटिङ्गका लागि तयारी हालतमा राखिएको अवस्थामा बरामद गरेको जनाइएको छ ।

थप अनुसन्धानका लागि घटना स्थलमै नजिकै रहेको ईलाका प्रहरी कार्यालयबाट प्रहरीले जनाएको छ । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x