मधेश

मधेश सरकारमा बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोकियो

सुभाष कर्ण |
माघ १०, २०७९ मंगलबार २०:२१ बजे

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट गरिएको जनाइएको छ । मुख्यमन्त्री यादवले शपथ ग्रहण गरेको १४ दिनपछि बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट गरेका हुन् ।


नेकपा एमालेबाट सरकारमा सहभागी एमालेका संसदिय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहालाई सामाजिक विकास मन्त्रालय र जसपाका संजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको मन्त्री बसन्त कुशवाहाले जानकारी दिएका छन् ।

यसैबीच सत्ता साझेदार दलहरूको संसदीय दलको बैठकबाट तीन दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरिएको छ भने लोसपालाई तत्काल सरकारमा सहभागिता नगराउने निर्णय पनि भएको मन्त्री सरोज यादवले जनाएका छन् ।

 अहिलेसम्मको सहमति अनुसार एमालेले ४, जसपाले ३, जनमत पार्टीले २ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने सहमति भएका छा् । मुख्यमन्त्री यादवले गत पुस २७ गते ती बिनाविभागिय मन्त्रीसहित शपथ लिएका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x