मधेश

मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा विरेन्द्र ठाकुर नियुक्त हुँदै

सुभाष कर्ण |
माघ १३, २०७९ शुक्रबार १९:१९ बजे

जनकपुरधाम- मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता विरेन्द्र ठाकुर नियुक्त हुने भएका छन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६० बमोजिम ठाकुरलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने जनाइएका हुन् ।


सिरहा निवासी ठाकुरले आइतबार बिहान पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त कार्यालय प्रमुख शत्रुधन यादवले जानकारी दिए ।

प्रदेश सरकारको कानुनी सल्लाहकार मानिने मुख्य न्यायाधिवक्ताको वरियता उच्च अदालतको न्यायाधीश सरह हुन्छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x