हिरासतकक्ष फोडेर भागे ६ जना थुनुवा
काठमाडौँ- धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष फोडेर ६ जना थुनुवा भागेका छन् । हिरासतकक्ष फोडेर गएराति करिब १ बजेदेखि ३ बजेसम्ममा उनीहरू भागेका हुन् ।
भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले बताए ।
भागेका थुनुवाहरूको खोजी कार्य जारी रहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया