मधेश

मधेश प्रदेश सभाको ५ औं वार्षिकोत्सव

शहीदको सपना पूरा गर्ने कार्यमा लाग्न प्रदेश प्रमुख मिश्रको आग्रह

इकागज |
माघ २१, २०७९ शनिबार २०:१३ बजे

जनकपुरधाम- मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले शहीदहरूको सपना पूरा गर्ने कार्यमा लाग्न प्रदेश सभा सदस्यहरूलाई आग्रह गरेका छन् ।

शनिबार भएको मधेश प्रदेशसभाको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि प्रदेश प्रमुख मिश्रले मधेशी शहीदहरूको सपनालाई मनन गरी अगाडि बढेर प्रदेशको विकास हितमा काम गर्न आग्रह गरे ।


'मधेश प्रदेशमा सुशासन र सुलभ सेवाका लागि प्रदेशसभाले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै शहीदले देखेका सपना पूरा गर्न सफल भए मात्र मधेश आन्दोलनको मर्म र बलिदानी सफल हुनेछ,' उनले भने ।

वार्षिकोत्सव समारोहमा पूर्व सांसद तथा कर्मचारीहरूलाई दोसल्ला ओढाई सम्मानपत्रसहित प्रदेश प्रमुख मिश्रद्वारा सम्मानित गरिएको थियो । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार स्थापना दिवसको अवसरमा रक्तदान, उत्कृष्ट पूर्व सांसद तथा कर्मचारीलाई पुरस्कार वितरण, खेलकुदको प्रमाणपत्र वितरण लगायतका कार्यक्रमको आयोजना गरिएको छ ।

सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा सम्पन्न सो वार्षिकोत्सव समारोह कार्यक्रममा पूर्व उपसभामु उपमादेव, वर्तमान उपसभामुख बबिता ईशर, सत्ता साझेदार दल तथा प्रतिपक्षी दलका संसदीय दलका नेता, पूर्व तथा वर्तमान सांसदहरूको सहभागिता रहेको थियो ।

२०७४ माघ २१ गते पहिलो प्रदेशसभा बैठक बसेको थियो । सो अवसरमा पत्येक वर्ष माघ २१ गते प्रदेशसभा सचिवालयले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने गरेको छ ।


Author

थप समाचार
x