मधेश

मधेस सरकारमा माओवादीका सुनिता र रहबर मन्त्री बन्‍दै, आज सपथ

इकागज |
माघ २४, २०७९ मगलवार १०:२० बजे

जनकपुर- मन्त्रालय भागबन्डामा असहमति जनाउँदै यसअघि मन्त्रिमण्डलमा सहभागी नभएको नेकपा माओवादी केन्द्र अन्ततः मधेस सरकारमा सहभागी हुने भएको छ ।

माओवादी संसदीय दलका नेता भरत साहका अनुसार माओवादीका तर्फबाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले मंगलबार १ बजे शपथ लिनेछन् ।


मधेसका मुख्यमन्त्री रामसरोज यादवसँग सहमति भएसँगै माओवादीले यादवर अन्सारीलाई सहभागी गराउने निर्णय लिएको हो । 


Author

थप समाचार
x