मधेश

बालुवा गिट्टीसहित नौ टिपर प्रहरी नियन्त्रणमा

सुभाष कर्ण |
माघ २५, २०७९ बुधबार २२:११ बजे

जनकपुरधाम - धनुषा प्रहरीले जनकपुरधामबाट खोलाबाट अवैध बालुवा /गिट्टी उत्खन्न गरि ल्याउने नौ वटा टिपर नियन्त्रणमा लिएका छन्।

जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका- ५ स्थित जलाद खोलाबाट अवैध रूपमा बालुवारगिट्टी उत्खनन गरि ल्याई रहेको भन्ने गोप्य सूचनाको अधारमा वडा प्रहरी कार्यालय रेल्वे स्टेसन र मुजेलियाबाट खटिएको प्रहरी टोलीले  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


जनकपुरधाम उप-महानगरपालिका - १  शहिद चोक  र  वडा नं. १३ पिडारी चोकस्थितमा बेंगाशिवपुरतर्फबाट आउँदै गरेको बालुवा र गिट्टी लोड रहेका टिपरहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिको कार्यालयमा पठाईएको  प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जनाएका छन् । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x