धनुषामा छुरा प्रहारबाट युवक घाइते
फाइल फोटो
जनकपुरधाम - धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा छुरा प्रहारबाट एक युवक घाइते भएको छ । घाइते हुनेमा स्थानीय २५ वर्षीय युवा शंकर महतो रहेको धनुषा प्रहरीले जनाएको छ । छुरा प्रहारबाट महतो गम्भीर घाइते भएका छन् ।
उनको उपचार धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा भइरहेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक कविन राईले छुरा प्रहार घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको जनाएका छन । नियन्त्रणमा रहेकाहरुसँग सोधपुछ सहितको अनुसन्धान भइरहेको उनले बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया