मधेश

वीरगञ्जजका उपमहानगरपालिकाले क्रिकेटर आसीफ र आरीफलाइ माेटरसाइकल दिने

इकागज |
चैत ३, २०७९ शुक्रबार २१:२२ बजे

वीरगञ्ज - वीरगञ्जउपमहानगरपालिकाका नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई मोटरसाइकल दिने घोषणा गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग–२ मा देशकाे शिर उचाेँ राखेकाे भन्दै वीरगञ्जका क्रिकेट आसीफ शेष र आरीफ शेषलाई उपमहानगरपालिकाले मोटरसाइकल दिने मेयर राजेशमान सिंहले घोषणा गरेका हुन् । वीरगञ्ज निवासी उनीहरू सहोदर दाजुभाइ हुन् । 

विश्व मानचित्रमा नेपालको नाम जाज्वल्य पार्ने खेलमा वीरगन्जका खेलाडीहरू ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मेयर सिंहले दुवैलाई पुरस्कार स्वरूप मोटरसाइकल प्रदान गर्ने उनले जनाएका छन् ।​ 


उपमहानगरपालिकाले नेपाललाई ग्लोबल क्वालिफायरमा पुर्‍याई राष्ट्रको शिर उच्च बनाउने नेपाली क्रिकेट टोलीलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकाे छ । 


Author

थप समाचार
x