मधेश

आगलागी हुँदा बालिकाको मृत्यु

इकागज |
चैत १५, २०७९ बुधबार ११:२९ बजे

सांकेतिक तस्बिर

रौतहट- रौतहटको ईशनाथ नगरपालिका–६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।

मंगलबार राति आगलागी हुँदा सुतिरहेकी मोजिबुल रहमानकी छोरी ११ वर्षीया रजिया खातुनको मृत्यु भएको हो । 


ती बालिका सुतेका कारण आगलागी भएको थाहा पाउन नसकेको र भाग्न नपाएकाले जलेर मृत्यु भएको स्थानीयले बताएका छन् । 

प्रहरीका अनुसार बालिकाको जलेको शरीर भेटिएको र आगलागीबाट घरपालुवा जनावर र लाखौँको धनमाल जलेर नष्ट भएको छ ।
 


Author

थप समाचार
x