भन्सार वृद्धिले केराको मूल्य दोब्बरभन्दा बढी महँगियाे
जनकपुरमा भारतबाट आयात गरिएका केरा । तस्विर : सुभास कर्ण/इकागज
जनकपुरधाम : तराई मधेशमा छठको पर्वको तयारीसँगै केराको मूल्य निकै महंगिएको छ ।
केराको मूल्य हाल दोब्बरभन्दा बढी महंगिएको छ । गतवर्ष ३/४ सय रुपैयामा बिक्री भएको केरा यसवर्ष ७ सयदेखि एक हजारसम्ममा बिक्री भइरहेको छ ।
छठ पर्वको प्रमुख प्रसादको रुपमा रहेको केरा किन्नेहरुको जनकपुरधामका प्रमुख बजारहरुमा दुई दिनदेखि भीड लागेको छ । सदाझैं यसवर्ष पनि केराको बिक्रीको व्यापक वृद्धि भएको छ ।
यसवर्ष छठ पर्वका लागि नेपाल तथा भारतबाट करीब ६० ट्रक ३ करोड मूल्य बराबरको केरा आयात गरिएको फलफूल व्यवसाय समितिका पूर्व महासचिव भूवनेश्वर पुर्वेले जानकारी दिएका छन् ।
उनले भने 'पछिल्लो वर्षसम्म भारतको हाजीपुर, आसाम, समस्तीपुर, सीतामढीलगायतका क्षेत्रबाट आयात गरिन्थ्यो । तर यस वर्ष नेपालको नवलपरासीको त्रिवेणीबाट पनि केरा भारी मात्रामा आयात गरिएको छ ।'
भारतबाट करीब २ करोड मूल्य बराबरको आयात गरिएको छ भने नवलपरासीबाट एक करोड रुपैया बराबरको २१ ट्रक करोड छठ पर्वमा विक्री गर्न आयात गरिएको जानकारी उनले दिए ।
भारतबाट मगाउँदा सस्तो दर भएपनि भन्सार शुल्क, ढुवानी खर्च र विषादी चेकजाँच समेतमा ढुवानी खर्च बढन जाँदा नेपालको केरा महँगो भए पनि दुबैको मूल्य बराबर हुन गएको उनको भनाई छ ।
अन्य वर्षको दोब्बर मूल्य किन बढेको हो भन्ने जिज्ञासामा इकागजसँग कुरा गर्दै पुर्व महासचिव पुर्वेले भने, 'भन्सार शुल्क दोब्बर बढेको र मलमासका कारण एक महिना छठ पछि धकेलिएका मूल्यमा वृद्धि हुन गएको बताए ।
उनले प्रष्टयाउँदै, 'भने भन्सार शुल्क ७ प्रतिशतबाट साढे १३ प्रतिशत बढेको र मौसमी हिसाबले केरा फसल कात्तिक महिनामै काटिसकिएकाले बजारमा आभाव भएको हो, महंगोमा किनेर ल्याएको कारण यसवर्ष मूल्य दोब्बर हुन गएको हो ।'
केराको बिक्री भए पनि गत वर्षको तुलनामा निकै कम भएको छ । पछिल्लो वर्ष एक सयभन्दा बढी ट्रक केरा आयात गरिएको थियो । तर यसवर्ष ६० ट्रक मात्र ल्याइएको छ ।
मूल्य वृद्धि भएपछि छठ व्रतालुहरुले प्रक्रिया पूरा गर्न आवश्यक मात्रामा किन्ने गरेको कारण बिक्रीमा कमी भएको व्यवसायीहरुको भनाई छ । व्यवसायी अरुण साहले भने, 'कोरोना कहरका कारण मान्छेसँग पैसाको अभाव र मूल्यमा वृद्धि भएको दृष्टिगत गर्दै अन्य वर्षको तुलनामा कम माल आयात गरिएको हो ।
केरासँगै स्याउ, नरिवल, अंगूर, अनार र सुन्तलासहितका फलफूल ७ करोड रुपैयाँ बराबरको भारतबाट आयात गरिएको जानकारी समेत उनले दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया