मधेश

एमालेले मधेश सरकारबाट समर्थन फिर्ता लियो

सुभाष कर्ण |
जेठ १, २०८० सोमबार २१:५३ बजे

जनकपुरधाम- नेकपा एमालेले मधेश सरकारबाट समर्थन फिर्ता लिएको छ । प्रदेशकाे सबैभन्दा ठूलो दलकाे रूपमा रहेकाे नेकपा एमाले सरकारबाट बाहिरिएको लामो समयपछि समर्थन फिर्ता लिएको हो ।

समर्थन फिर्ता लिएको जानकारी एमाले संसदीय दलले लिखित रूपमा प्रदेश प्रमुख हरिशंकर मिश्रलाई सोमबार साँझ जानकारी गराएको संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिएका छन् ।


मधेश सरकारमा चार वटा मन्त्रालय सम्हाल्दै आएको एमाले गत चैत २ गते नै सरकारबाट बाहिरिए पनि सरकारलाई भने समर्थन कायमै राखेको थियो । पार्टी नेतृत्व पंक्तिबाट आदेश आएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

गत पुस १० मा बनेको सात दलको गठबन्धन अनुसार एमाले केन्द्रसँगै मधेश प्रदेश सरकारमा सहभागी भएको थियो । राष्ट्रपति निर्वाचनमा माओवादीले गठबन्धन बदलेसँगै केन्द्र सरकारबाट बाहिरिएको एमालेले चैत २ गते मधेश सरकार छोडेको थियो ।

मधेश प्रदेश सभामा एमालेको २५ प्रदेश सभा सदस्य रहेका छन् । यता कांग्रेसको २२, लोसपाको ९ र एकीकृत समाजवादीको ७ प्रदेस सभा सदस्य रहेका छा् ।  यी तीनै दल सरकारमा सहभागी हुन तयार रहेका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x