मधेश

मन्दिरको सामान चोरी गरेको आरोपमा एक जना पक्राउ

इकागज |
जेठ १२, २०८० शुक्रवार १३:३८ बजे

सांकेतिक तस्बिर

सिरहा- बरियारपट्टी गाउँपालिका-३ नवटोलीस्थित राजदेवी मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा सप्तरी खड्क नगरपालिका-१ बस्ने २८ वर्षीय प्रकाश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त मन्दिरभित्र रहेको राजदेवी माताको मूर्तिमा लगाएका सुन तथा चाँदीको गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई सुन तथा चाँदीको विभिन्न चोरीका सामान र उनले प्रयोग गरेको बा २६ प ७३४९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । 



Author

थप समाचार
x