मधेश

आज मधेश प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

इकागज |
जेठ २३, २०८० मंगलबार ७:२६ बजे

जनकपुर- मधेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

मधेश प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । जसका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।


जसअनुसार मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन । 

अर्थमन्त्री संजयकुमार यादवले मधेश प्रदेश सरकारले नमुना १०० आयोजनाहरूको घोषणा गरेर कार्यान्वयनमा ल्याइने जनाई सकेका छन् ।

उनका अनुसार नीति तथा कार्यक्रममार्फत पुरानो योजनाहरूलाई निरन्तरता दिँदै मुख्यतः शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइनेछ ।
 


Author

थप समाचार
x