मधेश

प्रदेश-२ का थप ३० जना कोभिड-१९ संक्रमितको मृत्यु

सुभाष कर्ण |
जेठ २, २०७८ आइतबार १७:१४ बजे

जनकपुरधाम : कोभिड-१९ संक्रमणबाट प्रदेश-२ को विभिन्न जिल्लामा गरी ३० जनाको मृत्यु भएको छ । आइतबार बिहान १२ बजेसम्म धनुषा जिल्लामा मात्रै १० जना संक्रमितको मृत्यु भएको छ भने पर्सामा ७, बारामा ७, महोत्तरीमा ३, रौतहट तथा सर्लाहीमा एक/एक जना र एक भारतीय नागरिकसहित ३० जनाको मृत्यु भएको हो ।

पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा १०, वीरगंज हेल्थकेयरमा २, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, पर्श मल्टी स्पेस्यालिटी हस्पिटल, नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पताल र होम आइसोलेसनमा १/१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । धनुषाको मृतकमध्ये वीर अस्पतालमा मृत्यु भएको जनकपुरधाम उपमहानगरपालिका १९ का ४० वर्षीय बैजनाथ यादव नेपाल क्युकोशिन कान कराते संघ प्रदेश-२ का अध्यक्ष पनि हुन् ।



Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x