मधेश

एकैपटक ४६ र ३५ संक्रमित देखिएपछि धनुषाका दुईवटा गाउँ सिल

सुभाष कर्ण |
जेठ ८, २०७८ शनिबार १८:१३ बजे

जनकपुरधाम : समुदायस्तरमा कोभिड-१९को संक्रमण फैलिएको भन्दै धनुषाको दुईवटा गाउँ सिल गरिएको छ । जिल्लास्थित मिथिला नगरपालिका-११को दुधपानी लोटा गाउँ र गणेशमान चारनाथ नगरपालि-५को चिसापानी गाउँलाई सिल गरिएको हो ।

दुधपानी लोटामा एकै पटक ४६ जना र चिसापानीमा ३५ जना संक्रमित भएपछि सिल गरिएको छ । गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख रामबाबु यादवले गत दुई दिनअघि चिसापानी गाउँमा एकै पटक ३५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएपछि थप संक्रमण फैलिनबाट रोक्न शनिबारदेखि सिल गरिएको हो । सो गाउँबाट बाहिर जाने र बाहिरबाट आउनेलाई प्रवेश निषेध गरिएको छ ।


'सो गाउँमा अझै रुघाखोकी, ज्वरोलगायत संक्रमणको लक्षणसँग मिल्दो जुल्दो बिरामीहरुको कारणले पनि सो गाउँ बाहेक नगरको अरु गाउँमा संक्रमण फैल्न नसकोस भन्ने उद्देश्यले गाउँलाई सिल गर्नु परेको हो', उनले भने ।

यसैगरी  मिथिला नगरपालिकाको जेठ ५ गते दुधपानी लोटा गाउँमा एकै पटक ४६ जना संक्रमित भएपछि त्यसको बुधबारदेखि नै सिल गरिएको छ । नगर प्रमुख हरिनारायण महतोले एकैपटक ४६ जना संक्रमित भएको र गाउँमा अझै ज्वरो रुघाखोकीको बिरामी रहेको कारण थप संक्रमण फैलिनबाट रोक्न बाध्यतावश गाउँलाई सिल गर्नु परेको बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x