मधेश

जनकपुरधामको कुपेश्वरनाथ मन्दिरबाट दुर्लभ मूर्तिहरू चोरी

सुभाष कर्ण |
जेठ १५, २०७८ शनिबार १२:१३ बजे

जनकपुरधाम : जनकपुरधामको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरबाट बहुमुल्य दुर्लभ र प्राचीन मूर्तिहरू चाेरी भएका छन् । जनकपुरधाम उपमहानगरपालिका-१२स्थित कुवा टाेलमा रहेको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरबाट मूर्तिहरू चोरी भएका हुन् ।

गेटको ताल्चा फोडेर चाेरहरूले बहुमुल्य मूर्तिहरू चाेरेर लगेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।अविरल वर्षा भइरहेको  माैकाकाे फाइदा उठाउँदै मन्दिरमा रहेका २ वटा प्राचिन मूर्ति र दान पेटिकामा रहेको पैसा चोरेर लगेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जनएका छन् ।


मन्दिरका पुजारी गहिराे निन्द्रामा सुतिरहेको बेला चोरहरूले मन्दिरबाट बहुमुल्य प्राचीन तथा दुर्लभ भगवान शिव र विष्णुकाे मूर्ति  र दान पेटिकामा रहेको ४० हजार रूपैयाँ चाेरेर लगेका छन् । भगवान विष्णुको चतुर्भूज मूर्ति केही वर्ष अगाडी मात्रै खेतमा खेतालाले हलो जोतिरहेको जमिनमुनिबाट भेटाएका थिए । प्रहरी उपरिक्षक रानाभाटले चाेरहरू अहिले फेला नपरेको बताए । 

 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x