मधेश

धनुषामा एकै गाउँका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु, दुई बेपत्‍ता

सुभाष कर्ण |
जेठ २८, २०७८ शुक्रबार १५:१६ बजे

जनकपुरधाम: धनुषामा एकै गाउँका पाँच जना बालिकाको पौडी खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाको मुखियापट्टी मुसहरनिया-६ लक्ष्मीपुर गाउँस्थित स्थानीय हुलास यादवको खेतमा मध्‍यान्‍न साढे १२ बजेतिर पौडी खेल्ने क्रममा ५ जना बालिकाको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटकाअनुसार पल्टु यादवको १२ वर्षीया छोरी लक्ष्मिनिया यादव, जोगिन्द्र भगतको १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगीर पुर्वेको १३ वर्षीया छोरी मन्जु पुर्वे, जगरनाथ ठाकुरको १२ वर्षीया नातिनी चान्दनी ठाकुर र उत्तिम साहको १२ वर्षीया छोरी ललिता साहको मृत्यु भएको हो ।


स्थानीयलाई उदृत गर्दै प्रहरी उपरीक्षक रानाभाटले घरबाट नुहाउन निस्केका ती बालिकाहरू घर नफर्केपछि खोजतलाश गर्दै जाँदा पोखरीमा शव फेला परेको हो ।
'७ जना बालिका घरबाट नुहाउन निस्केकी थिइन् । ती मध्ये पाँच जनाको शव स्थानीयको सहयोगमा प्रहरील उद्धार गरेको थियो, उनले भने, 'दुई बालिका अझै बेपता छन् भनिएको छ। घटना स्थलमा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रको टोली खटेको छ ।

उता घटना स्थलमा पुगेका प्रहरी नायब उपरीक्षक मिश्रले पोखरीमा रहेका शवहरूको स्थानीयको सहयोगमा निकालिएको बताए । बेपता भनिएका बालिकाहरूको खोजी भइरहेको उनले बताए । घटनाबारे अनुसन्‍धा गरिरहेको उनको भनाइ छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x